प्रतिनिधिसभाको बैठक बस्दै,विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाण्डु टुडे २०८० असार ६ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, ६ असार-प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको हो।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने बताएको छ।आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us