सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८० असार ६ गते ८:११ मा प्रकाशित

धनगढी, ६ असार– सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको शोकमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । मन्त्री सिंहको निधनको शोकमा प्रदेशभरका सरकारी कार्यालयमा आधा झण्डा झुकाइनेछ ।

प्रदेश राजधानी कैलालीबाट गृह जिल्ला बझाङ जाँदै गर्दा सिंह सवार गाडी मंगलबार दुर्घटना हुँदा उनीसहित पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us