भक्तपुर, १२ साउन– भक्तपुर जिल्ला अदालतले आफ्नै पत्निलाई देहब्यापारमा लगाउने एक पतिलाई ११ वर्षको कैद सजाय सुनाएको छ ।
न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले सिन्धुपाल्चोक साम्पालकोट–३ का ३५ वर्षीय दीपक पण्डितलाई कैद सजाए सुनाएको हो । अदालतले पीडकबाट ५५ हजार जरिवानासहित थप ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।
पण्डितले आफ्नै श्रीमतीलाई जबर्जस्ती देशव्यापारमा लगाएको अदालतको फैसलामा छ । पण्डित दम्पत्तिका १ छोरा र १ छोरी छन् ।
ललितपुर जिल्ला अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले विभिन्न व्यक्तिलाई घरमै बोलाएर अधिकारीले श्रीमतीलाई यौन धन्धामा संलग्न गराउने गरेको पुष्टि भएको जनाए ।
उनले आफू बाहिर बसेर पैसा लिने र परपुरुषबाट श्रीमतीलाई जबर्जस्ती करणी गर्न लगाउँथे । श्रीमतीले दिएको उजुरीमा जवर्जस्ती यौन सम्पर्क गर्न नमाने पण्डितले मैनबत्ती र चुरोटले शरीरका सम्वेदनशील अंग पोलिदिने र कुट्ने गरेको उल्लेख छ ।
यस्तै पण्डितले जम्मा १० हजारका लागि ठमेलस्थित एक गेष्ट हाउसमा लगेर ६ महिनासम्म योन धन्धा गर्न बाध्य पारेको उल्लेख छ ।
अदालतमा दिएको बनायमा पण्डितले रक्सी खान र जुता तास खेल्ने पैसाका लागि श्रीमतीलाई जवर्जस्ती वेश्यावृत्तिमा लगाएको स्वीकार गरेका छन् । हरेक ग्राहकबाट एक पटकमा पाच सयदेखि एक हजार लिने गरेको पण्डितले बताएका छन् ।