काठमाण्डु, १२ साउन– अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले वैचारिक समानताका आधारमा तीन साना दलसँग एकताको गृहकार्य गरेको
छ ।
तत्कालीन एमाले उपाध्यक्ष राईसहित एकल जातीय पहिचानमा आधारित संघीयताको आवाज उठाउँदै बाहिरिएका नेताले संघीय समाजवादी पार्टी गठन गरेका थिए । सो पार्टीसँग अहिले संविधानसभाका पाँच सभासद् छन् ।
जनमुक्ति पार्टी, खस समावेशी पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टीबीच एकताको तयारी भइरहेको समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
जसमध्ये समावेशी पाटीसँग संविधानसभामा एक सभासद् छन् । श्रेष्ठले सैद्धान्तिक तहमा कुरा मिलिसकेको र अन्य तयारी बाँकी रहेको जनाए ।