तातो पानी खन्याएर हत्या

काठमाण्डु टुडे २०७१ साउन १२ गते १०:१७ मा प्रकाशित

कञ्चनपुर, १२ साउन – कृष्णपुर–४ कोइराल भुजियाका ४३ वर्षीय टेकबहादुर ऐरको शरीरमा तातो पानी खन्याएर हत्या गरिएको छ ।

त्रिवेणीचोक नजिकको पल्टुराम चौधरीको खेतमा उनी गएराति मृत अवस्थामा फेला परेका थिए ।

तातो पानी खनाउँदा शरीरको छाला पूरै खुइलिएको र घाँटीमा घाउ रहेकाले हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए ।

स्थानीय धनबहादुर शाहको पसलमा बसेर ऐरसँग नानु चौधरी, कमल डागर र नरेन्द नेपालीले मदिरा सेवन गरेको र वादविवाद हँुदा चारै जनाले उनीमाथि तातो पानी खन्याएर हत्या गरेको स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै प्रहरी नायब निरीक्षक नाथले जानकारी दिए ।

पसल सञ्चालक शाहसहित चारै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको उनले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us