बालिका बलात्कारी पाँच वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १२ गते ५:४३ मा प्रकाशित

सुर्खेत, १२ साउन– जिल्ला प्रहरी कार्यालयले बालिकालाई बलात्कार गरी पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

साटाखानी–४ का रमेश चपाई भन्ने दुर्गाप्रसाद चपाईलाई प्रहरीले पक्राउ गरेको हो । २०६६ साउन १ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका चपाईलाई  जिल्ला अदालत सुर्खेलले २०६६  चैत २० गते चार वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका चपाईलाई आइतबार नै जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए । पछिल्लो एक महिनामा उनले कैद सजाय सुनाएर पनि फरार रहेका २९ अभियुक्तलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
जिल्लामा अदालतले सजाय तोकिसकेका तर फरार रहेकाको सङ्ख्या ९ सय ६७  रहेको प्रहरीले बताएको छ । तीमध्ये पनि ६ जनाको मृत्यु भइसकेको र करिब सयजना नेपालमा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us