काठमाण्डु, ११ साउन– प्रहरीले नेपाल समाचारपत्र दैनिकका सह–सम्पादक लेखनाथ अधिकारीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अधिकारीलाई आइतबार पक्राउ गरेको हो । विद्युतीय अपराधको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
यसैबीच अधिकारीलाई पक्राउ गरिएको विषयमा जानकारी लिन नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासचिव उजीर मगर हनुमानढोका पुगेका छन् ।
अधिकारीलाई पक्राउ गर्नुको कारणबारे जानकारी मागिएको महासचिव मगरले काठमाण्डु टुडेलाई जानकारी दिए । ‘प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको जनाएको छ’, मगरले भने, ‘कुरा के हो हामी बुझिरहेका छौं ।’