सभासदले संसद बैठकमा बाटो काटेपछि चित्रबहादुरले भने, ‘घरकै जस्तो व्यवहार भयो’

काठमाण्डु टुडे २०७१ साउन ११ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, ११ साउन– व्यवस्थापकिा संसदको बैठकमा सभासद्ले बैठकको अपमान हुने गरी बाटो काटेका छन् ।

chitra bdr kcसंविधानसभा भवन नयाँबानेश्वरमा आइतबार बसेको बैठकमा अनुभवी र पाका सभासद्हरुले नै संसद बैठक चलिरहेको समयमा बाटो काटेका हुन् । यसरी बाटो काट्नेमा पुराना तथा अनुभबी नेपाली कांग्रेस र एमालेका मन्त्रीसम्म छन् ।

कांग्रेस सभासद् अर्जुननरसिंह केसीले वक्ता सभासद् र सभामुख बीचको बाटो काटेर हिंडेका हुन ।  कांग्रेसकै सभासद अर्जुनप्रसाद जोशीले पनि बाटो काटे । एमाले सभासद तथा पर्यटनमन्त्री भीम आचार्य पनि सभासद र समामुखको बीचबाट बाटो काटेका हुन ।

सभासदले संसदको मानमर्दन गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले रुलिङ गर्नुपरेको थियो । सभाध्यक्ष बोलिरहेको समयमा ६ जना सभासद्ले बाटो काटेका थिए ।

त्यो देखेर रिसाएका नेम्वाङले चर्कैसँग भने ‘माननीइ सदस्य बाटो नकाट्नुस्, फर्कनुस् ।’ राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले सभासद्हरुलाई आभिमुखीकरण तालिम दिनुपर्ने टिप्पणी गरे ।

विशेष समयमा बोल्दै केसीले सभासद्हरु आफू कहाँ छु भन्ने हेक्कासम्म नराखी व्यहार गनेृ गरेको भन्दै उडाए । उनले सभासदले संसद बैठकमा घरकै जस्तो व्यवहार गरेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us