
काठमाण्डु,९ जेठ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका विरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन ।
राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार महतोले बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन भन प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
दुई जनालाई मन्त्री नियुक्त गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको हो ।