
काठमाण्डु ,८ जेठ -नेकपा (माओवादी) केन्द्रका नेता माधव सापकोटाले माओवादीले नेतृत्व गरेको जनयुद्धलाई नेकपा एमालेले गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।
सोमबार संसदमा भएको आर्थिक वर्ष २०८०/0८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सापकोटाले नेकपा एमालेका सचिव योगेश भट्टराईले नजयुद्ध शब्द स्वीकार गर्न नसक्ने बताएपछि त्यस्को प्रतिउत्तर भट्टराईलाई विपी कोइरालाको डायरी पढ्न सुझावदिएका छन्।
भट्टराईको भनाइमाथि प्रतिउत्तर दिँदै सापकोटाले उनलाई बैगुनी कमरेडको संज्ञा दिएका छन् ।बालाई खुसी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई भन्न चाहन्छु, जनयुद्ध महान क्रान्ति थियो ।
गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु,” उनले भने, “बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ, हुन त ज्ञान पनि पूर्ण त हुँदैन तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।
”सापकोटाले जनयुद्ध महान क्रान्ति भएको दावि गर्दै जनयुद्ध जिन्दावाद भन्दै नारासमेत लाएका थिए । आजकै संसदमा एमाले सांसद योगेश भट्टराईले कुनैपनि सरकारी दस्तावेजमा जनयुद्ध शब्द नभएको भन्दै प्रधानमन्त्रीले यो पटक राष्ट्रपतिलाई पढ्न लगाएको बताएका थिए।