
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन ।
उनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारसँग प्रश्न गरेका छन ।
आज (आइतबार) सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका छन । ओलीले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन रु यो सरकारलाई थाहा भएको देखिँदैन ।
प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन ।’ उनले केहीदिनमै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जान लागेको भन्दै उनले केही प्रश्न गरेका छन ।
उनले भारत नेपालको छिमेकी र मित्र भएको भन्दै आफूलाई परेको मर्का खुलस्त राख्न सक्नुपर्ने बताएका छन ।उनले भने, ‘खुलस्त नगरी कसरी समस्या समाधान हुन्छ ?
उनले भने, ‘खुलस्त कुरा गर्नुपर्यो र समस्या समाधान गर्नुपर्यो । चिसोपन राख्नुभएन, कायर मन पनि राख्नुभएन ।’ उनले अगाडि भने, ‘काँतर मन, चिसो मन ।
भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यु राख्न नसक्ने अनि बोल्न नसक्ने हुनुभएन ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई छिमेकीको सम्बन्धलाई कसरी लिनुभएको छ ? राष्ट्रिय हितका इस्युहरु खुलस्त राख्नुभएको छ कि छैन ?
समस्याका कारणहरु र समाधानका विषयमा सम्वाद गर्नुभएको छ कि छैन ? समस्या छन् भन्ने राख्नुभएको छ कि छैन ? भनेर समेत प्रश्न गरेका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि प्रश्न गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अवस्था के छ रु सीमा सुरक्षित नै छ ?’ उनले हालै मात्र आफूले हाम्रो भूगोल खुम्चियो भन्दा एउटा टेलिभिजनले ‘जे पायो त्यही बोलेर हिँड्ने केपी ओलीलाई किन जेल हाल्दैन’ भनेको भन्दै उनले सरकार पनि यस्तो हो कि भनेर प्रश्न गरेका छन ।
उनले कालापानी क्षेत्रमा नयाँ संरचना बनेको विषय बाहिर आएको भन्दै यसबारे संसदलाई यथार्थ जानकारी गराउन समेत माग गरेका छन ।
उनले विदेश सम्बन्धलाई व्यक्तिगत अभीष्टमा सञ्चालन गर्ने प्रयास भइरहेको बताएका छन । उनले परराष्ट्र सम्बन्ध सञ्चालनमा सरकार हतास देखिएको भन्दै ओलीले भने, ‘पियानो बजाउन दुबै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ र मिल्न पर्छ ।
तर दशै औलाले एक पटक पियानो थिच्यो भने त्यो कर्कस ध्वनि मात्र पैदा हुन्छ, संगीत पैदा गर्दैन । अहिले सरकारले एकै पटक दश औंला थिचे जस्तो विभत्स आवाज मात्र आएको छ ।’