‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस्: गगन थापा

काठमाण्डु टुडे २०८० जेठ ७ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले स्वदेशमै निर्मित विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै त्यसको समाधान गर्नपर्ने बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै संसद थापाले यस्तो बताएका हुन । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताएका छन ।

उनले भने, ‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो ।

तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ ।

पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् रु तैंले जरिवाना तिर्नुपर्छ ।’

उनले सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ रु भनेर पनि प्रश्न गरेका छन । उनले यो विषय उद्यमीसँग मात्र पनि सम्बन्धित नभई स्वदेशी उत्पादन प्रयोग गर्न चाहने उपभोक्तासँग पनि सम्बन्धित भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us