मधेशी दलप्रति सुष्माको आक्रोश : पहिलो दर्जाको नागरिक कस्तो हुन्छ ?

काठमाण्डु टुडे २०७१ साउन ११ गते २:५५ मा प्रकाशित

sushmaकाठमाण्डु, ११ साउन –भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो तीनदिने नेपाल यात्रामा पूर्ववर्ती यूपीए सरकारभन्दा फरक र सकारात्मक सन्देश दिन सफल भएकी छन्।

मधेसी नेतासँगको नास्ता बैठकमा र भारतीय राजदूत रन्जित रेले उनको सम्मानमा दिएको दिवाभोजमा शनिबार अलगअलग ढंगले स्वराजले त्यस्तो सन्देश दिएकी हुन्। मधेसी नेताहरूले नेपालमा आफूलाई दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गरेकाले समानता र बढी हकका लागि भारतले हस्तक्षेप गर्नुपर्ने सुझाव दिएपछि त्यसप्रति असहमति जनाउँदै उनले भारतले त्यस्तो गर्न नसक्ने सन्देश दिइन्।

उनले पहिलो दर्जाको नागरिक बन्ने आधारबारे मधेसी नेताहरूसँग प्रश्न पनि गरेकी थिइन्। ‘मधेसबाट राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेका छन्, कसरी दोस्रो दर्जा भयोरु’ गृह, परराष्ट्र र महत्त्वपूर्ण मन्त्रालय समालिसकेका मधेसी नेतासँग उनले भनिन्, ‘तपाईंहरूको माग उचित छ भने किन अलगअलग पार्टी बनाउनुभयो, किन एक हुन सक्नुभएनरु’ अन्नपुर्ण पोष्टमा खबर छ ।

राजदूत रेले आयोजना गरेको दिवाभोजमा कांग्रेस, एमाओवादी र अन्य वरिष्ठ नेतासँग विगत–आठ वर्षदेखि भारतले अछूतसरह व्यवहार गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पाहुनाको सूचीमा सामेल गराइएको थियो।

११ जना नेता सहभागी दिवाभोजमा संविधानसभा निर्वाचनमा चौथो पार्टीको हैसियत बनाएको राप्रपा नेपालका अध्यक्ष थापाको सहभागिता देखिनुलाई पनि भारतले नेपालप्रतिको पुरानो दृष्टिमा परिवर्तनको सन्देश दिन खोजेको संकेत मिलेको छ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us