उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०८० जेठ ५ गते १८:१९ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलले उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने बताएका छन ।

संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us