नातिको मायाले भेरीमा बगिन् बजै

काठमाण्डु टुडे २०७१ साउन ११ गते २:४३ मा प्रकाशित

जाजरकोट, ११ साउन– नातिलाई बचाउन खोज्दा यहाँ नाति र बजै दुवैजना भेरी नदीमा बगेर बेपत्ता भएका छन् ।

जिल्लाको सीमा गाविस वडा नं ९ छेडाचौर निवासी सरिता नेपाली र उनका छ वर्षीय नाति जयबहादुर नेपाली भेरी नदीमा बगेर बेपत्ता भएका हुन् ।

शनिबार साँझ ६ बजे नातिलाई लिएर भेरी नदीमा कपडा सफा गरिरहेको अवस्थामा नाति एक्कासि नदीमा बगेपछि नातिलाई जोगाउन खोज्दा बजै सरिता पनि सँगै बेपत्ता भएकी स्थानीय पूर्ण महतराले बताए ।
उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । यो ठाउँमा पानीको समस्या हुँदा भेरी नदीमा कपडा सफा गर्नेदेखि पिउनका लागि समेत भेरीको दूषित पानी नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us