काठमाण्डु, ११ साउन –पूजाका सामग्रीहरु पशुपतिनाथ मन्दिरमा चढाउन नपाई मन्दिरबाहिर नै राख्नुपर्ने बाध्यताबाट आफ्नो धार्मिक आस्थामा चोट पुगेको नेपाल तथा भारतबाट आएका दर्शनार्थीले बताएका छन् ।
सर्वोच्च अदालतले पशुपतिनाथसँग सम्बन्धित विभिन्न विषयमा गरेको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा पशुपतिनाथ दर्शन गर्न जाने नेपाल तथा भारतका दर्शनार्थीले पूजाका सामग्रीहरु ढोकाबाहिर नै राख्नुपर्दा आफ्नो धार्मिक आस्थामा चोट पुगेको बताएको उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतले वेलपत्र, फूल तथा दुध, दही र मोही के कसरी पुशपतिनाथमा चढाउने गरिन्छ, भक्तजनलाई टीका प्रसाद कुन कुन ढोकाबाट को कसले प्रदान गर्ने गरिन्छ र शुल्क तिरी पूजा गर्ने सम्बन्धमा भएको व्यवस्थाका बारेमा अनुसन्धान गरिएको थियो ।
भक्तजनबाट ल्याइएका पूजाका सामग्रीहरु मन्दिरमा चढाउन पाउने व्यवस्था कायम गर्न आदेशको माग गर्दै अधिवक्ता राजीव सिन्हाले सर्वोच्चमा रिट दायर गरेका छन् ।