भारतीय विदेशमन्त्रीले वैद्य नभेट्ने

काठमाण्डु टुडे २०७१ साउन १० गते १४:३८ मा प्रकाशित

काठमाण्डु, १० असार– नेपाल  भ्रमणमा रहेकी भरतीय प्रधानमन्त्री सुष्मा स्वराजले नेकपा–माओवादीका नेतालाई नभेट्ने भएकी छन् ।

mohan
उनको भेटघाटको सूचीमा सो पार्टीका नेताको नाम राखिएको छैन । तर भारतीय दूतावास स्रोतले भने नेकपा–माओवादीले आग्रह गरे भेटघाट मिलाउन सकिने बताएको छ ।

शुक्रबार काठमाण्डु आएकी स्वराजले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मधेस केन्द्रित सबै दलका प्रमुख नेता, राप्रपा अध्यक्ष पशुपति सम्शेर राणा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेकी छन् ।

नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले स्वराजलाई भेट्ने कार्यक्रम नरहेको बताइन् । ‘लैनचौर (भारतीय दूतावास ) बाट खबर आएको छैन’, भुसालले भनिन्, ‘हामी भेट्न पाऔं भनेर बिन्ती गर्न जाने कुरा भएन ।’

नेकपा–माओवादीले भारतलाई विस्तारवादी भन्दै आएको छ । यस्तै उसले भारीय लगानीमा निर्माणाधिन माथिल्लो कर्णाली आयोजन नेपालको हितमा नरहेको भन्दै विरोध गरिरहेको छ ।

यस्तै उसले तत्काल उर्जा व्यापार सम्झौता नगर्न र सीमाङ्कन नगर्न माग गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us