काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गरेकी छन् ।

राष्ट्रपति भेट्न स्वराज शनिबार अपराह्न राष्ट्रपति भवन शीतलनिवास पुगेकी थिइन् । भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित र नेपालको विकास लगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानएको छ ।
भेटमा स्वराजले मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले लिएका निर्णयबारे राष्ट्रपति यादवलाई जानकारी गराएकी थिइन् ।