राष्ट्रपतिले ‘निष्क्रिय’ नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै एमालेको आपत्ति

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै आपत्ति व्यक्त गरेका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन । उनले राष्ट्रपतिले सो काम गर्न खोजेकोमा दुःख लागेको बताएका छन ।

उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, तुरुन्त नागरिकता विधेयक यो प्रतिनिधि सभामा ल्याएर दर्ता गरियोस् । त्यसमाथि छलफल सुरु गरियोस् । त्यसलाई छिटो भन्दा छिटो दिनरात लगाएर पारित गर्न तयार छौँ ।

तर धुलो लागेर बसेको विधेयकलाई टकटक्याउँदै राष्ट्रपतिले झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर भनेर संविधानको भावले दिन्छ ? संविधानको संरक्षकले गर्ने काम हो यो ?’

उनले राष्ट्रपति पौडेललाई प्रतिनिधि सभाको अधिकार नखोस्न आग्रह गर्दै कानुन बनाउन पाउने संसद्को अधिकार रक्षा गर्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us