
काठमाण्डु, १० साउन– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको थियो । प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले मोदी भ्रमणमा नेपालले उठाउने अजेण्डाका विषयमा छलफल केन्द्रित थियो ।
उनले दुई नेताबीच मोदीको भ्रमण अधिकतम उपलब्धीमुलक बनाउने सहमति भएको उल्लेख गरे । मोदी आगामी साता नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।