
काठमाण्डु, १० साउन – उपचारका लागि सिंगापुर गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश फर्किदै फर्कने भएका छन् ।
त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत ओली हिजो बेलुका नै अस्पतालबाट फिर्ता भएका हुन् ।
अध्यक्ष ओली यही साउन ६ गते सिंगापुर गई साउन ७ गते अस्पताल भर्ना भएका थिए ।
फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन उहाँ सो अस्पतालमा भर्ना भएका हुन् ।
अध्यक्ष ओलीका सहयोगी इन्द्र भण्डारीले नेता ओलीको परीक्षण सकिएको र प्रतिवेदन पनि सामान्य आएकाले अस्पतालबाट फिर्ता भएको जानकारी दिए ।