भारतीय विदेशमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाण्डु टुडे २०७१ साउन १० गते ३:५० मा प्रकाशित

sushma swarajकाठमाण्डु, १० साउन – विदेशमन्त्रीको भेटवार्ता नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले आज दिनभर उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छन् ।

मन्त्रीस्तरिय बैठकसहित राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, विपक्षी दलका नेता लगायतसँग उनको भेटवार्ताको समय तय भईसकेको छ ।

सुष्मा विहान साढे १० बजे मन्त्रीस्तरीय बैठकमा सहभागी हुने छन् । केहीबेरको बैठकपछि नैसवा एघार बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सुष्माले आजै पौने एकबजे शितलनिवास राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
दिउँसो लैनचौरमा दिवाभोज सकेर सवा ३ बजे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गनै भएकी छन् ।
त्यसपछि ४ बजे उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने समय रहेको छ । स्वराजको स्वागतमा नेपालका समकक्षी महेन्द्र बहादुर पाण्डेले बेलुका रात्रिभोजको आयोजना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us