
काठमाण्डु,१५ वैशाख– पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । आज शुक्रबार बसेको प्रतिनिधि सभाको वैठकमासभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन ।
४ मंसिरमा भएको चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ ।
पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो । प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रिय सभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् ।