‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सूचना प्रविधिको प्रयोग अपरिहार्यः पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८२ जेठ २४ गते १७:४२ मा प्रकाशित

झापा, २४ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् ।
एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा गरेको विज्ञान प्रदर्शनीको शनिबार उद्घाटन गर्दै भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी हुन् ।
विद्यार्थीहरुलाई वैज्ञानिक सोच र अनुसन्धनमुलक दृष्टिकोणसहित विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु राज्यको दायित्व भएको उनको भनाइ थियो ।
यस्तै सरकारले विज्ञान, प्रविधि र गणित शिक्षाको विकासमा विशेष जोड दिनुपर्ने भण्डारीले बताइन् ।
सूचना प्रविधिको विकासका लागि विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थामा पर्याप्त साधन, स्रोत व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us