मोदीको भ्रमणलाई विवादास्पद बनाउन थापाको आग्रह

काठमाण्डु टुडे २०७१ साउन ९ गते १०:५७ मा प्रकाशित

भक्तपुर, ९ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण महत्वपूर्ण भएकाले विवादस्पद बनाउन नहुने बताएका छन् ।

rafatभक्तपुरको रफत सञ्चार क्लवमा शुक्रबार बोल्दै उनले मोदीको भ्रमणलाई विवादास्पद बनाउन नहुने आग्रह गरेका हुन् ।

नेपालको राजनीति दुई धारमा विभाजित भएको चर्चा गर्दै ठूला तीनदलले निषेधको राजनीति गर्दा मुलुकमा समस्या पैदा भइरहेको उनको दावी थियो ।

उनले नेपालमा हुन लागेको भारतीय परराष्ट्रमन्त्रीको भ्रमणबाट नेपालले लाभ लिन सक्ने भएकाले खतराभन्दा लाभ लिन अग्रसर बन्नु पर्ने बताए ।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका थापाले परराष्ट्रनीतिमा समेत तीनदलको सिण्डिकेट लागू गरिए देशकालागि घातक हुने बताए ।

लामो समयपछि नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्रीको भ्रमणलाई विवादित बनाउँदा लाभ नहुने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us