तस्करीको सामान बोकेको गाडी दुर्घटना, चारजना घाइते

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १८:२० मा प्रकाशित

सिरहा, १३ वैशाख– भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी दुर्घटना भएको छ । आज बुधबार सिरहाको चोहर्वास्थितको नरहामा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चारजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज१ज २९९ नम्बर म्याजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना हुदाँ कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादव, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन ।

घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनालगतै गाडीका चालक भने फरार भएको प्रहरीले बताएको छ । गाडी चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us