
मोरङ, १३ वैशाख– प्रहरीले मोरङबाट लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ ।
जहदा गाउँपालिका– २ बेरियारी टोलस्थित मजेबुल मियाँको मकै बारीमा लुकाएर राखिएको ४२२ ३३ किलो ग्राम परिमाणको सो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिएका छन ।