नयाँ शक्तिको नाममा नेपाललाई यूक्रेन बनाउने खेल हुँदैछ: धर्मेन्द्र बास्तोला

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र भइरहेको बताएका छन ।

प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै उनले यस्तो बताएका हुन । बास्तोलाले शक्ति केन्द्रहरू एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाएका छन ।

उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरू फेल भएको सङ्केत उपचुनावको परिणामले गरेको बताएका छन । उनले भने, ‘एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागु गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरू लागि परेका छन् ।

सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो वर्चस्व बढाउन लागि परेका छन्’। उनले नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबी समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us