लागुऔषधसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– प्रहरीले पर्साबाट लागुऔषधसहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १६ बस्ने २५ वर्षीय बब्लु पाठक रहेका छन ।

वीरगञ्ज महानगरपालिका–१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

उनी उपर लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us