
काठमाण्डु,१३ वैशाख– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अहिलेको आर्थिक अवस्था मन्दी नरहेर आर्थिक शिथिलता रहेको बताएका छन ।
कान्तिपुर मिडिया ग्रुपले आज बुधबार काठमाण्डुमा आयोजना गरेको आर्थिक समिटमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘अहिले मन्दीको स्थिति हैन। मन्दीको परिभाषा भनेको सामान्यतस् निरन्तररुपमा दुईटा क्वार्टरमा नेगटिभ आर्थिक दर हुनु पर्छ।
हाम्रो यो वर्षको पहिलो त्रैमासिक रिपोर्टले १ प्रतिशत भन्दा कम वृद्धि दर देखाएको छ। र, समग्रमा अन्य अध्ययन र बाहिरी अध्ययनहरुका साथै राष्ट्र बैंककै अध्ययनले पनि चालु आर्थिक बर्षमा ४ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान छ,’ ‘यो आर्थिक शिथिलता हो, तर मन्दी नै भनेर भन्न मिल्दैन।’
उनले नेपालको वित्तिय प्रणाली अत्यन्तै सुरक्षित रहेको बताएका छन । उनले साउथ एसियाका अन्य मुलुकसँग दाँजेर हेर्दा अहिलको नेपालको अवस्था राम्रो रहेको बताएका छन ।