
काठमाण्डु,१३ वैशाख– प्रहरीले ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाण्डुको कपन बस्ने ३२ वर्षीया हरिकला दाहाल छन ।
वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डु महानगरपालिका–७ चावहिलबाट पक्राउ गरीएको प्रहरीले बताएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।