यो जित भोट नहाल्नेको पनि हो: रवि

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको बताएका छन ।

चितवन–२ बाट निर्वाचित भएपछि विजय ¥यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनल आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद पनि दिएका छन ।

उनले आफूले इच्छाकामनामा भएका चेपाङ बस्तीका बालबालिका सहित त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली पु¥याउने बताएका छन । उनले भने,‘सबै राजनीतिक दलका उम्मेदवारलाई धन्यवाद दिन चाहन्छु ।

निर्वाचन प्रचारका बेला थोरै धक्कामुक्की हुन्छ त्यसलाई अस्वभावीक रुपमा लिएका छौ’ लामिछानेले भने, ‘हामीले कुनै उम्मेदवारका विरुद्ध गलत कुरा बोलेका छैनौं । सबै उम्मेदवारलाई सम्मान दिएका छौं ।

जतिपनि उम्मेदवार हुनुहुन्छ । सबैप्रति सम्मान र आदरभाव व्यक्त गर्न चाहन्छु ।’ उनले चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाउनुका साथै अपमान गरेपनि त्यसमा ध्यान नदिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us