
काठमाण्डु, १२ वैशाख– दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगी रहेका छन ।
उनको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा टोकेको थियो ।
डाँगीलाई अस्पताल लैजान ढिलाइ हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिएका छन । उनलाई मंगलवार बिहान राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरीएको प्रहरीले बताएको छ ।