सभामुखलाई रास्वपा सांसद डाँगीको प्रश्न: एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन ?

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १४:१० मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद निशा डाँगीले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन् ।

उनले भनीन्, ‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ ।

सांसद डाँगीले सभामुख घिमिरेसँग जवाफ मागेकी छन्, ‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’

उनले संविधानतः निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने भनिएको पनि उनले स्मरण गराएकी छन । नेपालको संविधानको धारा ८९ मा स्थानको रिक्तता सम्बन्धी व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us