शहरमा हवाईजहाजको गोठालो गर्दैछु: मन्त्री किराती

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताएका छन ।

कानठमाण्डुबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएको थियो । त्यो जहाज केहिबेर काठमाण्डु र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई नै गराएको थियो ।

जहाजमा चरा ठोक्किए पनि दुबईमा सकुशल अवतरण गरेको फ्लाइ दुबईले जानकारी दिएको छ । तर मन्त्री किरातीले भनेका छन्, ‘ गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाइजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ ।

आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको उनले बताएका छन । उनले नकरात्मक हल्लाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन ।

उनले फेसबुकमा लेखेका छन्, ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं, कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us