
काठमाण्डु, १२ वैशाख– ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने भएका छन ।
एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउने भएका छन ।
सभामुख घिमिरेको सचिवालयका एक अधिकारीले श्रेष्ठको पद रिक्त हुने निर्णय सभामुखको तर्फबाट भएको छ । सोही जानकारी संसदलाई गराउने तयारी गरीएको जानकरी दिएका ।