
काठमाण्डु, १२ वैशाख– चितवन–२ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाइ दिएका छन् ।
३७ हजारबढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भएको छ । मतगणना स्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाइ दिएका छन ।
उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रुपमा रविको राम्रा काममा सहयोग रहने बताएका छन ।