बारा–२ मा मतान्तर फराकिलो पार्दै उपेन्द्र

काठमाण्डु टुडे २०८० वैशाख १२ गते ७:३० मा प्रकाशित

बारा, १२ वैशाख– बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहभन्दा ३ हजार ९९ मतान्तरले अगाडि छन् । यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्दा कुशवाहले ६ हजार ७ सय ७१ मत पाएका छन् ।

तेश्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेल ३ हजार ७ सय र चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार १ सय ७४ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us