दुई पूर्वसचिव आकर्षक पदमा नियुक्त

काठमाण्डु टुडे २०७१ साउन ९ गते ७:१६ मा प्रकाशित

Baluwatarकाठमाण्डु ९ साउन – शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा बिभिन्न मन्त्रालय र निकायमा २० सचिव शुक्रबारदेखि रिक्त भए पनि सचिव बढुवा गर्ने निर्णय गर्न सकेन । मन्त्रिपरिषदको बैठकमा यो एजेण्डामा छलफल नै नभएको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद बैठकले सचिव बढुवा र शुक्रबारदेखि खाली भएका ठाउँमा कायम मुकामय दिने बारेमा छलफल नभए पनि अवकाश पाएकै दिन दुई निवर्तमान सचिवलाई आकर्षक ठाउँमा नियुक्ति भने दिएको छ ।

बैठकले पूर्वअर्थसचिव युवराज भुसाललाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उनी अर्थ मन्त्रालयबाट शुक्रबारै अवकाश भएका हुन् ।

शुक्रबारै अवकाश पाएका मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई प्रशासन सुधार सुझाव आयोगको अध्यक्षमा नियुक्त गरिएको छ ।

यसअघि उनी प्रधानमन्त्री कार्यालयका सचिव थिए । बास्कोटाले स्वेच्छिक राजीनामा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us