खोलाले बगाएर एक वृद्धको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ९ गते ३:०६ मा प्रकाशित

कावासोती, ९ साउन । खोलामा माछा मार्न जाँदा एक वृद्धको मृत्युभएको छ । नवलपरासी दुम्किबास–२ का ७५ वर्षीय अत्तलसिंह राक्छमगरको विनयी खोलाले बगाएर मृत्युभएको हो ।

विनयी खोलामा बिहान माछा मार्न गएका मगरको ढुङ्गामा जाल अड्कँदा झिक्न खोज्दा खोलाले बगाउँदा मृत्युभएको स्थानीय पवित्र जिसीले जानकारी दिए ।

मगरको शव दुम्किबास–१ मा फेला परेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us