गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई माओवादी केन्द्रको जवाफ: समर्थन दिन सक्दैनौं

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १७:१८ मा प्रकाशित

काठमाण्ड, ९ वैशाख– नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन ।

खगण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए ।

छलफलमा भाग लिँदै माओवादी संसदीय दलका नेता चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताएका छन ।

उनले भने, ‘मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ, हामीले समर्थन दिनसक्ने भएन ।’उनले यो विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको बताएका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुनुपर्ने भएपनि त्यसो नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us