महिलालाई बाघले लगेपछि प्रहरीले ७ राउन्ड गोली चलायो

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको प्रहरीले बताएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीले बताएको छ ।

सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो । बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us