सरकारी गाडी तोडफोड

काठमाण्डु टुडे २०७१ साउन ८ गते १३:०५ मा प्रकाशित

रसुवा , ८ साउन – रसुवा जिल्लाको धुृन्चे गाविस–१ र २ गोदाम खोलामा अवरुद्ध सडक खुलाउन कामदार लिइआएको डिभिजन सडक कार्यालय नुवाकोटको मोटर बिहिबार बिहान तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बा १ झ ४७८४ नम्बरको सरकारी बलेरो पिकप धैवुङ गाविसको आसपास क्षेत्रमा अपरिचित व्यक्तिले तोडफोड गरेकोले ती व्यक्तिको खोजीकार्य भइरहेको छ ।

पर्खाल भत्केर अबरुद्ध सडक खुलाउन कामदार र सुपरभाइजर लिइ ठाडेतर्फ आउँदै गर्दा गाडी तोडफोड भएको र गाडीमा सवार सबै सकुशल रहेको चालक विश श्रेष्ठले बताए ।

चिलिमे जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाएको विरोधमा विगत दुई दिनदेखि सम्बन्धित सरोकार समितिको आह्वानमा रसुवा बन्द भइरहेकाले सवारी साधान ठप्प भएको र स्थानीय प्रशासनले यातायात सञ्चालन गराउन सबै क्षेत्रलाई हिजो आह्वान गरेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us