प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल

काठमाण्डु टुडे २०८० वैशाख ८ गते ११:२२ मा प्रकाशित

oli- prachandकाठमाण्डु, ८ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भएको बताइएको छ ।

यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरे पनि अध्यक्ष ओलीले असहमति जनाएका थिए ।

ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताउँदै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us