बेलिब्रिज दुर्घटना अपडेट २ जना भारतीय नागरिकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १८:२६ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– आज बिहीबार दिउँसो जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बहराईज मजुवापुर गुलरियाका ४० वर्षीय पुरुषोत्तम राजकुमार र सोही ठाउँका ४० वर्षीय धर्मेन्द्र हरिजन चमार भन्ने धर्मेन्द्र गौतम रहेका छन ।

यस्तै एकजना गम्भीर घाइते रहेका छन् भने बाँकी ६ जना सामान्य घाइते अवस्थामा रहेको प्रहरीले बताएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्ली जाजरकोटमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिएएका छन ।

घाइते दुई जनाको अस्पतालमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयकाअनुसार उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ । बेली ब्रिज पुल एक्कासि भत्कँदा निर्माण गर्दै गरेका मजदुरहरू घाइते भएका थिए ।

घाइते रहेका पनि अधिकांश नागरिकहरू भारतीय नै रहेका प्रहरीले बताएको छ । गम्भीर घाइते भारतीय २५ वर्षीय सञ्जयकुमार गौतम, ४५ वर्षीय राजकुमार सामान्य घाइते, भारतकै २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार, बर्दिया गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजङ्ग घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us