घुस लिँदालिँदै प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ८ गते १३:०० मा प्रकाशित

काठमाण्डु , ८ साउन – वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।

logo-nepal-policeअख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई एक लाख ५० हजार घुस लिँदालिदै बुटवलको एक होटलबाट बिहिबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार दुई व्यक्तिबीच भएको ऋण लेनदेनको कारोवारमा ऋणी फरार भएपछि पीडितले उक्त कारोवारमा जिम्मा जमानी बसेका व्यक्तिमाथि कानुनबमोजिम कारवाही गर्न उक्त कार्यालयमा गरेको उजुरीको क्रममा पक्राउ परेका ती व्यक्तिका तर्फबाट घुसवापत उक्त रकम लिएका हुन् ।

अभियुक्त पौडेललाई आयोगको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पनि प्रवक्ता सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us