
काठमाण्डु,७ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् ।
आज (बिहिबार) बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरेका छन ।
उनले संघीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार रहेको बताउँदै उनले ऐतिहासिक ठाउँसमेत रहेको बाराबाट गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन आग्रह गरेका छन