निजगढ विमानस्थल सञ्चालनमा आउँछ: माधव नेपाल

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १६:१३ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– पूर्व प्रधानान्त्री एवं नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अब छिटैनै सञ्चालनमा आउने बताएका छन ।

आज (बिहीबार) बारामा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने त्यसका लागि पनि सरकारले काम गर्ने बताएका छन ।

उनले सता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएपछि बारामा देखिएको समस्याहरू समाधान हुने बताएका छन ।

उनले नेपालीहरू एक हौं, बारावासी एक हौं भन्ने सन्देश दिनका लागि पनि योग्य व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us