
बारा,७ वैशाख– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई नागरिकता नदिने भूमिका खेलीरहेको आरोप लगाएका छन ।
आज बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए तर एमालेका अध्यक्ष ओलीको कारण त्यसलाई प्रमाणीकरण नगरेको बताएका छन ।
उनले भारतको सीमासम्म चारलेनको सडक बनाउन आवश्यक रहेको बताउँदै उनले कोरोनाका कारण छोटी भन्सार बन्द भएको र त्यसलाई सञ्चालन गर्न सरकारले सुरुवात गर्नुपर्ने बताएका छन ।
उनले त्यहाँ उपस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोटी भन्सार सञ्चालन गर्न आग्रह गरेका छन ।
उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा पुर्याउन आफूले पहल गर्ने बताउँदै उनले यहाँको किसानलाई सिँचाइको व्यवस्था गर्नै पनि बताएका छन ।
उनले किसानको खेत खेतमा सिँचाई पुर्याउने तथा मल खाद उपलब्ध गराउन सरकारलाई उनले आग्रह गरेका छन । उनले घरविहिन नागरिकलाई सरकारको जनता अवाज योजनाअन्तर्गत अवासको व्यवस्था गर्नुपर्ने बताएका छन ।