मान्छे हिँडिरहेका बेला भेरी नदीको बेलिब्रिज भाँचियो

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १४:१३ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको प्रहरीले बताएको छ ।

उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । साथै घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको प्रहरीले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us